+
+
Shares

सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई पालिकामार्फत सवारी चालक अनुमतिपत्र वितरण गर्न अभियान सुरु गरेको छ ।
  • हाल बोदेबरसाईन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकाबाट लाइसेन्स वितरण सुरु गरिएको कार्यालयले जनाएको छ ।
  • कार्यालय प्रमुख शशीप्रसाद यादवले प्रिन्ट भएर आएका लाइसेन्ससमेत पालिकामै पुर्‍याएर घरघरमै वितरण गर्ने व्यवस्था मिलाइएको बताए ।

१७ कात्तिक, सप्तरी । यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान सुरु गरेको छ ।

‎‎लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले पालिकामार्फत वितरण सुरु गरेको हो ।

‎कार्यालयका अनुसार हाल बोदेबरसाईन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकाबाट सेवा सुरु गरिएको छ । केही दिनभित्रै जिल्लाका सबै पालिकालाई एकमुष्ट रूपमा लाइसेन्स हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

‎‎बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले कार्यालयको यस कार्यले सेवाग्राहीलाई सहजता प्रदान गर्नुका साथै सकारात्मक सन्देश दिएको बताए । ‎

‎यातायात व्यवस्था कार्यालय राजविराजका प्रमुख शशीप्रसाद यादवले पालिकालाई लाइसेन्स हस्तान्तरण गरेपछि स्थानीय तहले सेवाग्राहीको घरघरमै पुगेर वितरण गर्न सक्ने बताए ।

‘‎लाइसेन्स नवीकरण नै अनलाइनबाट गर्न मिल्ने भएपछि सेवाग्राहीलाई थप सहजता होस् भनेर प्रिन्ट भएर आएका लाइसेन्ससमेत पालिकामै पुर्‍याउन थालेका छौँ,’ कार्यालय प्रमुख यादवले बताए ।

‎‎बोदेबरसाईन नगरपालिका–१० का उमेश कुमार यादवले पालिकाबाटै लाइसेन्स प्राप्त गर्न पाउँदा खुसी लागेको बताए ।

‎सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले तयार भइसकेको लाइसेन्स पालिकाबाटै उपलब्ध हुँदा सेवाग्राहीको समय र खर्च दुवै बचत हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?