+
+
Shares

जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु

जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते ९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको जुनीचाँदे गाउँपालिका–८ मा बले थापाले कोदालो प्रहार गर्दा आफ्नै जेठोबुबाका छोरा भबिराम थापाको मृत्यु भएको छ ।
  • मंगलबार साँझ पंकस्थित बाटोमा भएको घटनापछि ३० वर्षीय बले थापा फरार भएका छन् ।
  • प्रहरीले कोदालो बारीमा फेला पारेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

१८ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार साँझ जुनीचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा घटना भएको हो ।

घटनाको जानकारी भएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ ।

घटनापछि बले थापा फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?