+
+
Shares

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
  • मिश्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१९ कात्तिक, काठमाडौं । भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ ।

दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आएका विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन् । प्रधानमन्त्री शाहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।

भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय विदेश सचिवको यो भ्रमणलाई कुटनीतिक वृत्तमा महत्वपूर्ण मानिएको छ ।

दुई देशबीचका केही बाँकी रहेका विषयहरूमा समझदारी निर्माण गर्न र उच्च तहको निरन्तर संवाद कायम राख्न यस्ता भ्रमणले पुलको काम गर्ने विज्ञहरूको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?