News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ दाम्पामा बिहीबार साँझ डलर देखाएर ठगी गर्ने सुजन तामाङलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार खोजतलासका क्रममा भाग्न खोजेपछि प्रहरीले सुरुमा एक राउन्ड हवाइ फायर गरेको थियो।
- नियन्त्रणमा नआएपछि प्रहरीले तामाङको खुट्टामा गोली चलाएर पक्राउ गरेको एसएसपी दिलिप घिमिरेले बताएका छन्।
१९ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा गोली चलेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार साँझ गोली चलाएर एक व्यक्ति पक्राउ गरेको हो ।
परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार, गोकर्णेश्वर नगरपालिका–३ दाम्पा भन्ने ठाउँमा गोली चलेको हो ।
पक्राउ पर्नेमा सुजन तामाङ नाम गरेका व्यक्ति रहेको उनले बताए । उनले डलर देखाएर ठगी गर्ने गरेका थिए ।
प्रहरीले खोजतलासको क्रममा भाग्न खोजेपछि सुरुमा एक राउन्ड हवाइ गरेको थियो ।
त्यसपछि पनि नियन्त्रणमा लिन नसकेपछि उनलाई खुट्टामा गोली चलाएर नियन्त्रणमा लिइएको एसएसपी घिमिरेले बताए ।
थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4