News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको नाम्खा गाउँपालिका-३ की ३३ वर्षीय डिकी साङमु लामालाई सुत्केरी व्यथा लागेपछि पाँच दिनपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
- रगतको अभावले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई शुक्रबार बिहान प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल हुम्लाकी अनमी सरिता बोहराले जानकारी दिइन्।
- नेपाली सेनाको हेलिकप्टर खर्च संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमले बेहोर्दै आएको छ।
२० कात्तिक, हुम्ला । सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि उद्वार गरिएको छ। हुम्लाको नाम्खा गाउँपालिका-३ की ३३ वर्षीय डिकी साङमु लामालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको हो। शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरि प्रार्देशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल हुम्लाकी अनमी सरिता बोहराले जानकारी दिइन्।
आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी शुक्रबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको बोहराले बताइन्। व्यथा लागेकी लामालाई रगतको अभाव हुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले जानकारी दिए।
यस्तै नेपाली सेनाको हेलिकोप्टरको खर्च संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमले बेहोर्दै आइरहेको छ।
प्रतिक्रिया 4