News Summary
Generated by OK AI. Editorially reviewed.- निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानूनी रूपमा हटाइएको दाबीसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिटको पेशी कात्तिक ३० गते तोकिएको छ।
- कार्कीले हिजो वकिलमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए भने सर्वोच्च प्रशासनले बिहीबार अध्ययनका क्रममा रहेकाले निवेदन दर्ता हुन नसकेको जनाएको थियो।
- सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ, तर उनले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन्।
२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ ।
आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार दर्ता भएको हो ।
उनले हिजो (बिहीबार) वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
बिहीबार ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो ।
सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।
प्रतिक्रिया 4