+

चीनमा यू-१९ महिला क्रिकेट टिमको तेस्रो जित

२०८३ कात्तिक  २० गते १५:५९ २०८३ कात्तिक २० गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कप्तान सोनी पाख्रिनको अलराउण्ड प्रदर्शनमा नेपाली यू-१९ महिला टोलीले चीनको जिङ्ग्सुमा भइरहेको बेल्ट एण्ड रोड सिरिजमा थाइल्यान्डलाई ५२ रनले हरायो ।
  • नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १०० रन बनायो ।
  • १०१ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९.२ ओभरमा ४८ रनमा अलआउट भयो, र सोनीले ३ विकेट लिएर प्लेअर अफ दि म्याच जितिन् ।

२० कात्तिक, काठमाडौं । कप्तान सोनी पाख्रिनले अलराउण्ड प्रदर्शन गरेपछि नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा भएरहेको बेल्ट एण्ड रोड सिरिजमा तेस्रो जित हात पारेको छ ।

नेपालले शुक्रबार भएको खेलमा थाइल्यान्डलाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो । सोनी पाख्रिनले ३२ र सना प्रभिनले ३० रन बनाए ।

१०१ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९.२ ओभरमा ४८ रनमा अलआउट भयो ।

थाइल्यान्डलाई अलआउट गर्न कप्तान सोनीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिइन् भने मनिषा उपाध्याय र रिया शर्माले २-२ विकेट लिए ।

हङकङलाई अलआउट गर्न नेपालका लागि मनिषा चौधरी र रचना चौधरीले ३-३ विकेट लिए । साक्षी यादवले २ विकेट लिइन् ।

खेलमा नेपालकी कप्तान सोनी पाख्रिन प्लेअर अफ दि म्याच घोषित भइन् ।

नेपालले यसअघि पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चीन विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । यस्तै तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

चार टोली सहभागि सिरिजमा हरेक टिमले एक अर्कासँग दुई-दुई खेल खेल्नेछ । नेपालले आफ्नो पाँचौ खेल शनिबार चीनसँगग खेल्नेछ ।

बेल्ट एण्ड रोड सिरिज यू-१९ महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय