+
+
Shares

कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन्।
  • चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा उनले कांग्रेसमाथि नियोजित प्रहार र वैधानिकतामाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाए।
  • पौडेलले इनम सापकोटाको बयान भनिएको अडियो सत्य भए सरकारले तत्काल अनुसन्धान अघि बढाएर अदालतमा पेस गर्न निर्देशन दिनुपर्ने बताएका छन्।

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं. १ द्वारा शुक्रबार रत्ननगरमा आयोजित कार्यक्रममा उनले पार्टी माथि नियोजित रूपमा प्रहार गर्ने र पार्टीको वैधानिकतामाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाए ।

‘नेपाली कांग्रेसले पैसा तिरेर वैधानिकता लियो, यसो भनिएको छ,’ महामन्त्री पौडेलले भने, ‘कुनै एउटा पात्र खडा गरेर । कपोकल्पित कुरा प्रचारमा ल्याइएको छ ।’

कांग्रेसले त्यसरी पैसा तिरेर वैधानिकता लिएको भए अहिले सत्ताविरुद्ध सबैभन्दा सशक्त आवाज उठाइरहेको पार्टीका रूपमा उभिन नसक्ने उनले जिकिर गरे । पौडेलले कांग्रेसले सत्ताको ज्यादतीविरुद्ध निरन्तर प्रश्न उठाउँदै आएको र सभापति गगन थापाले त्यसको नेतृत्व गरिरहेको बताए ।

‘यो देशमा सत्ताको ज्यादतीविरुद्ध कोही बोलेको छ भने त्यो नेपाली कांग्रेस बोलेको छ, गगन थापा बोलेको छ,’ महामन्त्री पौडेलले भने ।

उनले आगामी स्थानीय चुनावमा कांग्रेससँग सत्ता पक्ष डराएको संकेत गर्दै पार्टीको वैधानिकताबारे भ्रम फैलाउने काम भइरहेको दाबी गरे । कांग्रेसले कुनै गलत काम गरेको भए सत्ताले त्यसलाई राजनीतिक रूपमा उठाउने अवसर नछाड्ने उनको तर्क थियो ।

‘अब आउने स्थानीय चुनावमा कसैसँग डर छ भने नेपाली कांग्रेससँग छ भनेर मानेको सत्ताले त्यति ठूलो विषयमा हामी चुकेका थियौं भने प्रचार गरेर बस्थ्यो ?,’ प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयान भनिएको अडियोबारे उनले प्रश्न गर्दै भने, ‘प्रहरीलाई त्यो बयान हो भनेर वक्तव्य नदिइन लगाइ बस्थ्यो ?’

महामन्त्री पौडेलले उक्त अडियो आरोप सत्य भएको भए सरकारले प्रहरीलाई तत्काल अनुसन्धान अघि बढाएर बयान लिई अदालतमा पेस गर्न निर्देशन दिने बताए । तर, बयानबारे प्रहरीलाई वक्तव्य नदिन लगाउने र विषयलाई अन्योलमा राख्ने काम भइरहेको उनको आरोप छ।

‘त्यो कुरा सत्य थियो भने प्रहरीलाई छिटो–छिटो बयान लिएर अदालत लैजाऊ भनेर सत्ताले भन्थ्यो,’ महामन्त्री पौडेलले भने ।

उनले राज्यका विभिन्न संरचनामाथि सत्ताको नियन्त्रण रहेको दाबी गर्दै कांग्रेसविरुद्ध लगाइएका आरोप पुष्टि गर्ने प्रमाण भए सरकारले यतिका दिनसम्म पर्खेर नबस्ने जिकिर गरे । ‘प्रमाण हुन्थ्यो भने यति दिन पर्खन्थ्यो ?’ पौडेलले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?