+
एनपीएल :

पोखरालाई चितवनको १५२ रनको लक्ष्य

२०८३ कात्तिक  २० गते १८:३८ २०८३ कात्तिक २० गते १८:३८

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो ।

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन जोडे ।

पोखरा विरुद्ध ओपनिङ गरेका अर्जुन साउदले डाविड मालिनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर दुवै ब्याटर लगातार आउट भए ।

विकेटकिपर अर्जुनले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा ३१ रन बनाए । मालानले २८ बल खेल्दै ३ चौका मदतमा २८ रन बनाए ।

त्यसपछि रवि बोपाराले एक छेउ सम्हालेपनि डान मोस्ले २ र यस सिजन पहिलो खेल खेलिरहेका मार्की कुशल मल्ल ११ रनमा आउट भए ।

८६-४ को अवस्थामा बोपाराले कप्तान सिकन्दर राजासँग पाँचौ विकेटका लागि ६० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।

तर अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले दुवै खेलाडीलाई आउट गरे । अन्तिम ओभरमा आउट हुनुअघि बोपाराले २८ बल खेल्दै ३ चौका र १ छक्का मदतमा ३५ रन बनाए ।

यस्तै आक्रमक ब्याटिङ गरेका कप्तान राजाले १६ बल खेल्दै २ चौका र ४ छक्का मदतमा सर्वाकि ३७ रन बनाए । कमल सिंह ऐरी २ रनमा अविजित रहे ।

यस खेलमा पोखराको कप्तानी गरेका श्रीलंकन बलर चमिका करुणारत्ने, बिपिन खत्री र कुशल भुर्तेलले २-२ विकेट लिए ।

पोखराले लगातार तीन हारपछि कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा करुणारत्नेलाई कप्तानको जिम्मेवारी दिएको हो ।

एनपीएल चितवन राइनाेज पाेखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय