२१ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री अल्बानिज ढाकाटोपी सजिएका थिए ।
सो क्रममा उनले सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै खुसीको कुरा भएको बताए ।
‘विविधता हाम्रो शक्ति हो, र तपाईंहरू यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हो,’ प्रधानमन्त्री अल्बानिजले भनेका छन् ।
नेपाल फेस्टिभल मनाउन सिड्नीमा रहेका नेपालीहरूको उल्लेख्य सहभागीता थियो ।

प्रतिक्रिया 4