२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका चार वटै प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सकिएको छ ।
शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो ।
सुनुवाइपछि अनुमोदन हुने वा नहुने भन्नेबारे निर्णय हुन बाँकी छ । सुनुवाइ सकेर समिति आन्तरिक छलफलमा जुटेको छ ।
न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको थियो ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीशहरू सिफारिस भएका थिए ।
सिफारिस हुनेमा चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन् । उनीहरू सबैको संसदीय सुनुवाइ सकिएको हो ।
प्रतिक्रिया 4