+
+
Shares

पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १५:२३

२१ कात्तिक, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ ।

नगरपालिकाले १४ वटै वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार ४०० किलो बीउ उपलब्ध गराएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार, कृषकलाई जनकदेव र खुमल सेतो जातको आलुको बीउ वितरण गरिएको छ । जसमध्ये ८० हजार ५० किलो जनकदेव र २५ हजार ३५० किलो खुमल सेतो जातको बीउ रहेको छ ।

कृषकलाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले विगतदेखि नै अनुदानमा बीउ वितरण गर्दै आएको सुवेदीले बताए ।

यसपटक वितरण गरिएको बीउ गल्याङ नगरपालिकास्थित भगवती कृषक समूहबाट खरिद गरिएको हो । दुवै जातको बीउ प्रतिकिलो ५९ रुपैयाँका दरले खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कुल ६२ लाख १८ हजार ६०० रुपैयाँ खर्च गरेर बीउ खरिद गरेको हो । उक्त बीउ कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।

वडागत मागअनुसार वडा नम्बर १ मा ६ हजार ३१४ किलो, वडा नम्बर २ मा तीन हजार ५५९ किलो, वडा नम्बर ३ मा १९ हजार किलो, वडा नम्बर ४ मा आठ हजार ५०० किलो र वडा नम्बर ५ मा १३ हजार २६० किलो बीउ वितरण गरिएको छ ।

त्यस्तै, वडा नम्बर ६ मा तीन हजार ४८६ किलो, वडा नम्बर ७ मा नौ हजार ८११ किलो, वडा नम्बर ८ मा चार हजार ५१ किलो, वडा नम्बर ९ मा दुई हजार ६०० किलो र वडा नम्बर १० मा ९०८ किलो बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

वडा नम्बर ११ मा आठ हजार ६५ किलो, वडा नम्बर १२ मा तीन हजार ६२० किलो, वडा नम्बर १३ मा नौ हजार ३२२ किलो र वडा नम्बर १४ मा १२ हजार ३०० किलो बीउ वितरण गरिएको छ । पालिका कार्यालयमार्फत थप ६०४ किलो बीउको मागसमेत पूरा गरिएको छ ।

कृषकलाई अनुदानमा आलुको बीउ हस्तान्तरण गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले उत्पादनमा सक्रिय कृषकलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताए । काम गरेर उत्पादन गर्ने कृषकलाई प्रोत्साहन र सहयोग गर्ने नीति नगरपालिकाले लिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?