२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले विगतका वर्षमा भएको सुशासन र विकासका क्षेत्रमा केहि पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको टिप्पणी गरे ।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरिएको समेत दाबी गरे ।
वर्तमान सरकारको कार्यशैलिप्रति असन्तुष्ट व्यक्त गर्दै प्रचण्डले सरकारका कामकाज हेर्दा हिन्दी जासुसी फिल्म जस्तो देखिएको तर्क गरे ।
सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको उनले बताए ।
प्रतिक्रिया 4