+
+
Shares

ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १७:३८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार समारोहमा अमेरिकाका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, सेलिब्रिटी सेफ विकास खन्ना, उद्यमी विशाल गोन्डल, आईबीएमका प्रमुख कार्यकारी अधिकृत अरविन्द कृष्ण, एफबीआई निर्देशक काश पटेल र अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थका निर्देशक जय भट्टाचार्य सहभागी थिए ।

समारोहको सुरुवात ओभल अफिसमा राष्ट्रपति ट्रम्पले दीप प्रज्वलन गरेर गरेका थिए । उक्त निजी समारोहमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र सोसल सेक्युरिटी एडमिनिस्ट्रेसनका उपआयुक्त अर्जुन मोदी पनि सहभागी भएका थिए ।

भारतीय प्रविधि उद्यमी विशाल गोन्डलले राष्ट्रपति ट्रम्पलाई हनुमान चालिसाको एक प्रति उपहार दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।

डीडी न्युजका अनुसार ह्वाइट हाउसमा दीपावली मनाउने परम्परा सन् २००३ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा सुरु भएको थियो ।

सुरुका वर्षमा आइजनहावर एक्जुकेटिभ अफिस बिल्डिङमा दीपावली कार्यक्रम आयोजना गरिन्थ्यो, जसमा भारतीय अमेरिकी समुदायका सदस्य र भारतीय कूटनीतिज्ञ सहभागी हुन्थे ।

त्यसपछि सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउसको इस्ट रुममा आयोजित दीपावली समारोहमा दीप प्रज्वलन गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?