News Summary
Generated by OK AI. Editorially reviewed.- दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा बमबहादुर रावतको धारिलो हतियार प्रहारबाट एकै परिवारका चार महिला घाइते भएका छन्।
- घाइतेमध्ये चन्द्रबहादुर पुन मगरकी श्रीमती बीमा मगरको अवस्था गम्भीर छ र उनलाई जिल्ला अस्पताल दैलेख लगिएको छ।
- प्रहरीले बमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ, र घटनाको कारण अहिलेसम्म खुलेको छैन।
२२ कात्तिक, काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा एक व्यक्तिकझ धारिलो हतियार प्रहारबाट एकै घरमा चार जना महिला घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार जना महिला घाइते भएका हुन् ।
उनका अनुसार घाइते हुनेमा चन्द्रबहादुर पुन मगरका श्रीमती ४५ वर्षीया बीमा मगर, उनका भाइबुहारी २५ वर्षीया महेसरा पुन, उनका छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन रहेका छन् । घाइते मध्ये बीमाको अवस्था गम्भीर रहेको उनले बताए ।
घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी लगिए पनि बीमालाई भने थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ । अन्य घाइतेलाई पनि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको हरिजनले जानकारी दिए ।
प्रहरी निरीक्षक हरिजनले अनलाइनखबरसँग भने, ‘आइतबार बिहान ५ बजेतिर चन्द्रबहादुरको घरमै पुगेर बमबहादुरले धारिलो हतियार प्रहार गरेका रहेछन् । उनले के कारणले चन्द्रबहादुरका परिवारका सदस्यहरूलाई हतियार प्रहार गरेको भन्ने अहिलेसम्म खुलेको छैन । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि मात्रै कारण खुल्न सक्छ ।’
प्रतिक्रिया 4