+
+
Shares

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
  • सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
  • दुर्घटनामा धादिङका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर–१३ की ३१ वर्षीया विन्दा थापामगर र २७ वर्षीया सुनिता थापामगरको त्रिशूली अस्पतालमा मृत्यु भएको हो।

२३ कात्तिक, काठमाडौं । नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।

मोटरसाइकल अनियन्त्रित भई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई विदुर–९ मा बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर–१३ की ३१ वर्षीया विन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगरको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?