+
+
Shares

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे १ च ३११२ नम्बरको जिप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक २३ गते १६:४२

२३ कात्तिक, सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

सोमबार दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे १ च ३११२ नम्बरको जिप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप आठबिसकोट नगरपालिका–४ का २५ वर्षीय प्रदीप बिकले चलाएका थिए ।

दुर्घटनामा १९ वर्षीया जुनाकुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया वीरता थापा गम्भीर घाइते भएका छन् । वीरबहादुर जिप धनी हुन् ।

यस्तै, २५ वर्षीया हीरा थापा र २ वर्षीय गौरव थापा मध्यम घाइते रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सामान्य र मध्यम अवस्थाका ६ जनालाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ । अन्य घाइतेलाई पनि उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक प्रदीप बिक फरार रहेका छन् । उनको खोजी भइरहेको र दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?