+
+
Shares

सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते ७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले कतारको दोहामा अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ महासम्मेलन २०२६ को उद्घाटन समारोहमा सहभागिता जनाएको छ ।
  • मन्त्री तिमिल्सिनाले प्रतिनिधिमण्डल प्रमुखहरूको औपचारिक बैठकमा भाग लिएर मित्रराष्ट्रका समकक्षीसँग अन्तरक्रिया गरेका छन् ।
  • उनले आईटियूको रेडियोकम्युनिकेसन ब्युरोका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियर, इरानका सत्तार हाशेमी र तान्जानियाकी एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

२४ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीईसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् ।

उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए । सो अवसरमा उनले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गर्नुभएको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चारमन्त्री डा तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए । फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका थिए ।

उनले उक्त पदका लागि आफ्नो दृष्टिकोण तथा योजनाबारे पनि सञ्चारमन्त्री डा तिमिल्सिनालाई जानकारी गराए ।

त्यसैगरी, सञ्चारमन्त्री डा तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्तामा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको विज्ञप्ति जनाइएको छ ।

यसैबीच, मन्त्री डा तिमिल्सिनाले साँझ कतार सरकारद्वारा आइटियु पीपी–२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा सहभागिता जनाए ।

अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन र सहकार्यका विषयमा छलफल हुने महत्वपूर्ण अन्तरराष्ट्रिय मञ्च हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?