+
+
Shares

साहित्य र कलाले राष्ट्रको आन्तरिक जीवन निर्माण गर्छन् : सञ्चारमन्त्री

उनले भौतिक पूर्वाधार र प्रविधिले राष्ट्रको वाह्य स्वरूप मात्रै निर्माण गर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने बताए ।
  • मन्त्री तिमिल्सिनाले तीव्र गतिको वर्तमान प्रविधिको युगमा पनि मानवीय संवेदनाको खोजीका लागि साहित्य अपरिहार्य रहेको उल्लेख गरे ।
  • नेपालमा बोलिने १२० भन्दा बढी भाषा र लोककथाले नेपाली पहिचानलाई समृद्ध बनाएको उनले बताए ।

२१ जेठ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आायेजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् ।

उनले भौतिक पूर्वाधार र प्रविधिले राष्ट्रको वाह्य स्वरूप मात्रै निर्माण गर्ने बताए ।

मन्त्री तिमिल्सिनाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा र तीव्र गतिको वर्तमान युगमा पनि मानवीय संवेदनाको खोजीका लागि साहित्य अपरिहार्य रहेको बताए ।

यस वर्षको महोत्सवको नारा ‘नयाँ विश्व व्यवस्थामा हर्षोल्लास, उपचार र सिर्जनात्मक लेखन’ प्रति ऐक्यवद्धता जनाउँदै मन्त्री तिमिल्सिनाले विश्वमा बढ्दो द्वन्द्व, विस्थापन र वातावरणीय चुनौतीका बीच साहित्यले उपचारको काम गर्ने बताए।

नेपालको भौगोलिक र सांस्कृतिक विविधताको चर्चा गर्दै उनले हिमालय क्षेत्र केवल हिमालको पहाड मात्र नभई दार्शनिक, साधक र कलाकारहरूको प्रेरणाको स्रोत रहेको बताए ।

नेपालमा बोलिने १ सय २० भन्दा बढी भाषा र ती भाषामा रहेका लोककथा, मिथक र गीतहरूले नै नेपाली पहिचानलाई समृद्ध बनाएको उनको भनाइ छ ।

उनले भने, ‘हामी प्रविधिको युगमा छौँ, जहाँ सञ्चारले विश्वलाई क्षणभरमै जोड्छ । तर प्रविधिको यो गतिमा साहित्यले हामीलाई सुस्ताउन, अरूका कुरा सुन्न र मानवीय संवेदनालाई गहिराइबाट बुझ्न सिकाउँछ । साहित्य केवल प्राज्ञिक विधा मात्र नभई मानवतालाई बुझ्ने र कठिन सत्यहरूको सामना गर्ने बलियो माध्यम हो । सरकारी तथ्याङ्क, प्रतिवेदन र औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्य कविताले सहजै व्यक्त गर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?