+
+
Shares

वनमौरीको टोकाइबाट बर्दियामा एक जनाको मृ*त्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २५ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको वनमौरीले टोकेर उपचारका क्रममा मृत्यु भएको छ।
  • जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि उनलाई ठाकुरबाबा नगर अस्पताल पुर्‍याइएको थियो।
  • थारुको घरको सिलिङमा करिब दुई महिनादेखि वनमौरीका पाँचवटा घार रहेको प्रहरीले जनाएको छ।

२५ कात्तिक, बर्दिया । घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मौरीले टोकेपछि बेहोस भएका थारुको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्‍याइएको थियो ।

उपचारकै क्रममा सोही दिन दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

थारुको घरको सिलिङमा करिब दुई महिनादेखि वनमौरीका पाँचवटा घार थिए । मौरीको टोकाइबाट मृत्यु भएका उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?