+
+
Shares

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

रासस रासस
२०८३ कात्तिक २६ गते ८:२५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेचीनगर नगरपालिका–४ प्रसाद गौडाबाट जंगली हात्ती नेपालतर्फ छिर्न थालेपछि झापामा सुरक्षा सतर्कता उच्च पारिएको छ।
  • प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले हात्तीलाई भारततर्फ फर्काउन बुधबारदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन कर्मचारी र स्थानीय किसान परिचालन गरिएको बताए।
  • रोकथामका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, दुई ठूला साइरन, ९० भन्दा बढी ठूला लाइट र तीन ट्याक्टर तथा १० भन्दा बढी मोटरसाइकल प्रयोग गरिएको छ।

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएको जानकारी दिए ।

हात्तीको प्रवेशलाई पूर्ण रूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल नेपाल बीओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्‍यापिड रेस्पोन्स टिमलगायत विभिन्न सङ्घसंस्था र स्थानीय किसानहरू सक्रिय रूपमा परिचालन भएका छन् ।

सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयवासीले हात्तीलाई नेपालतर्फ प्रवेश गर्न नदिन विभिन्न उपकरण र सवारीसाधनको प्रयोग गरी निगरानी तथा रोकथामको कार्य गरिरहेका छन् ।

रोकथाम तथा नियन्त्रणका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरी बलका दुईवटा ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरी बलका एक–एकवटा साइरन जडित सवारीसाधन, नेपाल प्रहरीको एउटा ठूलो साइरन तथा ९० भन्दा बढी ठूला लाइट प्रयोगमा ल्याइएको छ ।

त्यसैगरी, गस्ती र निगरानीलाई प्रभावकारी बनाउन तीनवटा ट्याक्टर तथा १० भन्दा बढी मोटरसाइकल पनि परिचालन गरिएको उनले जानकारी दिए । सम्भावित जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई पर्याप्त सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?