८ मंसिर, गोरखा । आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ ।
हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ छ ।
‘आकाश पूर्ण रूपमा खुल्ला छ, घाम लागिरहेको छ,’ उनले भनिन्, ‘बाँदल लागेको छैन, तर हावा चलिरहेकै छ ।’
हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4