+
+
Shares

इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलतः इरानी सुरक्षा प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १४:१३

१३ मङ्सिर, तेहरान (रासस/एएफपी) । इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्। बगदादले तेल तस्करी रोक्ने प्रयासका लागि वासिङ्टनबाट प्रशंसा पाएपछि यस्तो उनले यस्तो भनाइ राखेका हुन्।

राष्ट्रिय प्रसारक सेवाका अनुसार रेजाइले तेहरानमा इराकी राष्ट्रिय सुरक्षा सल्लाहकार कासेम अल–अबुदीसँगको बैठकमा भने, ‘इरान–इराक आर्थिक सहयोगमा विदेशीहरूलाई नकारात्मक प्रभाव पार्न दिनु हुँदैन।’

यस हप्ता इराकी प्रधानमन्त्री अली अल–जाइदीले कुर्दिस्तान क्षेत्रका सीमा नाकाहरू र केही तेल क्षेत्रहरूलाई सङ्घीय नियन्त्रणमा ल्याउने कदम चालेका छन् । यसको उद्देश्य तस्करी रोक्नु हो । बगदादले तेहरानसँग गठबन्धन रहेका शिया सशस्त्र समूहहरूलाई निशस्त्र पार्ने प्रयास पनि तीव्र पारेको छ । इराक र कुर्दिस्तान क्षेत्र लामो समयदेखि इरानतर्फ जाने तेलका यातायात मार्गका रूपमा काम गर्दै आएका छन् ।

इराकी सरकारका कदमहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा प्रशंसा गरेका थिए।

वासिङ्टनले तेहरानमाथि इराक प्रयोग गरी प्रतिबन्ध छल्ने गरेको आरोप लगाउँदै आएको छ र यसअघि इराकी र इरानी तेल मिसाएर बेच्ने इराकी व्यक्ति तथा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

इराकी कारबाहीपछि इराकको राष्ट्रिय समाचार एजेन्सीले खुफिया कागजात उद्धृत गर्दै उत्तरी कुर्दिस्तान क्षेत्र हुँदै इरानतर्फ तेल ढुवानी हुने मार्गहरू खुलासा गरेको थियो ।

त्यहाँ कागजात अनुसार यसलाई इरानी कच्चा तेलसँग मिसाइयो र आन्तरिक खपतका लागि अफगानिस्तान निर्यात गरियो । अमेरिकी सैन्यले होर्मुज जलमार्ग हुँदै जहाज आवागमनमा इरानको प्रतिबन्धको जवाफमा इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी लगाएको छ । यसले देशको तेल निर्यातलाई थप सीमित बनाएको छ ।

इरानले मध्यपूर्व युद्धका क्रममा रणनीतिक जलमार्गलाई नाकाबन्दी गरेको छ । यसले तेल र ग्यास निर्यातमा गम्भीर अवरोध पुर्‍याएको छ र मूल्य आकाशिएको छ । इरान र इराक दुवै मुख्य रूपमा शिया जनसङ्ख्या भएका देश हुन् । उनीहरूबीच एक हजार ४०० किलोमिटर (८५० माइल) भन्दा लामो सीमा छ र कम्तीमा आठ आधिकारिक नाका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?