+
+
Shares

‘बिग बोस २०’ मा शकिङ एलिमिनेसन, के बलिया प्रतिस्पर्धी बाहिरिँदै छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १५:३६

सलमान खानको रियालिटी शो ‘बिग बोस २०’ मा हरेक साता नयाँ ट्विस्ट र उतार-चढाव देखिन थालेका छन् । घरभित्रको समीकरण फेरिँदै जाँदा प्रतिस्पर्धीबीचको टकराव पनि बढिरहेको छ ।

यसैबीच, शोबाट एक बलियो प्रतिस्पर्धी बाहिरिन लागेको खबर सार्वजनिक भएको छ । यसपटक लभ गिलको यात्रा टुंगिन लागेको हो ।

शोसम्बन्धी अपडेट सार्वजनिक गर्ने फ्यान पेज ‘बीबी तक’ का अनुसार लभ यस साता एलिमिनेट भएको खबर बाहिरिएको छ ।

यद्यपि, उनको निष्कासनसम्बन्धी दृश्य भने टेलिभिजनमा प्रसारण हुन बाँकी छ ।

आगामी एपिसोडमा सलमान खानले लभको एलिमिनेसन घोषणा गर्ने बताइएको छ । उनलाई शोका बलिया प्रतिस्पर्धीमध्ये एक मानिएकाले यो खबरलाई अप्रत्याशित रूपमा हेरिएको छ ।

यस साता घरबाट बाहिरिनका लागि लभसँगै गुल्लु, माही विज, कनिका मान, स्काउट ओपी र आम्रपाली दुबे मनोनयनमा परेका थिए ।

सलमानले देखाए स्काउट र गुल्लुको कुराकानी

पछिल्लो ‘वीकेन्डका वार’ एपिसोडमा सलमान खानले घरका सदस्यको खेलमाथि खुलेर टिप्पणी गरेका थिए । उनले कनिका मान र गुल्लुको खेल कमजोर रहेको भन्दै प्रश्न उठाएका थिए ।

त्यस्तै, स्काउट ओपी र गुल्लुबीच लभलाई लिएर भएको कुराकानीको भिडियो पनि घरका सदस्यलाई देखाएका थिए ।

यसअघि स्काउटले गुल्लुसँगको कुराकानीमा लभले आफूलाई फसाएको बताएका थिए । उक्त, भिडियो घरका सबै सदस्यसामु देखाइएपछि लभ भावुक बनेकी थिइन् ।

उनी रोएको दृश्य पनि एपिसोडमा देखाइएको थियो ।

सलमानले स्काउट र गुल्लुको व्यवहारमाथि प्रश्न उठाउँदै दुवैलाई कडा रूपमा सम्झाएका थिए । यही घटनापछि घरभित्रको सम्बन्ध र समीकरणमा थप उतारचढाव आएको छ ।

अब लभको एलिमिनेसनको खबरले बाँकी प्रतिस्पर्धीको खेलमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?