+
+
Shares

बृहत्तर जनकपुर क्षेत्र पूर्वाधार तथा सांस्कृतिक विकास सम्बन्धी काम उपमहानगरलाई हस्तान्तरण

कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयन सम्बन्धी कार्यविधि बनाउँदै सरकारले उक्त कार्यक्रम तल्लो सरकारमा हस्तान्तरण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १५:०६

१३ मंसिर, काठमाडौं । सरकारले बृहत्तर जनकपुर क्षेत्र पूर्वाधार तथा सांस्कृतिक केन्द्र विकास सम्बन्धी कार्यक्रम उपहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

केन्द्र विकास सम्बन्धी कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयन सम्बन्धी कार्यविधि बनाउँदै सरकारले उक्त कार्यक्रम तल्लो सरकारमा हस्तान्तरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा यसबारे उल्लेख छ ।

यसमार्फत जनकपुर क्षेत्रका धार्मिक, सांस्कृति, ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षण र प्रवर्द्धन गर्ने, सांस्कृतिक तथा धार्मिक पर्यटन सम्बन्धी पूर्वाधार विकासमा सहयोग पुर्‍याउने, मैथिली भाषा, साहित्य, कला, लोकसंस्कृति, जात्रा तथा पर्व संरक्षण गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटमा विनियोजन भएको रकम समेत उपमहानगरलाई हस्तान्तरण गरिने छ ।

यसरी हस्तान्तरण गरिएको रकम धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षण तथा प्रवर्द्धनमा खर्च गर्नुपर्ने छ ।

यसैगरी सांस्कृतिक, पर्यटन, पर्यटक सूचना, प्रचार–प्रसार तथा सूचना सामग्री प्रकाशन, स्वीकृत योजना बमोजिम सांस्कृतिक तथा पर्यटन सूचना केन्द्र निर्माण तथा सञ्चालन, भक्तजन तथा पर्यटकको सुविधाका लागि सुविधा सम्पन्न शौचालय, विश्रामस्थल तथा स्वच्छ खानेपानी लगायत पूर्वाधार कार्यक्रममा खर्च गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

उपहानगरले बजेट खर्च गर्दा जुन कार्यक्रम र उद्देश्यका लागि अनुदान रकम उपलब्ध गराइएको हो, सोही कार्यक्रम र उद्देश्यमा मात्र प्रयोग गर्नुपर्ने र अन्यत्र रकमान्तर वा स्रोतान्तरण गर्न नपाइने कार्यविधिमा उल्लेख छ ।

यस्तो रकम त तलबभत्ता, परामर्श सेवा, सवारीसाधन खरिद वा कार्य सञ्चालन जस्ता प्रशासनिक र चालु खर्च गर्न पाइने छैन । उपमहानगरले कार्यक्रम सम्पन्न भएको तीन महिनाभित्र कार्यक्रम प्रगति तथा खर्च विवरण सहित प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?