१२ मंसिर, काठमाडौं । नेकपा-माओवादीले पार्टीको नयाँ रणनीति बनाउन आउँदो पुस महिनामा राष्ट्रिय भेला गर्ने भएको छ ।
सचिव नेत्रविक्रम चन्द पक्षले पार्टीबाट अलग भएको घोषणा गरेपछि संस्थापन पक्ष राष्ट्रिय भेला मार्फत् नयाँ रणनीति बनाउने निष्कर्षमा पुगेको हो ।
शुक्रबार सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले पुस ११ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
केन्द्रीय समितिको पूर्ण बैठकले पार्टी संगठनलाई थप व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ ।
बैठकका निर्णय शनिबार दिउँसो पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने माओवादीले जनाएको छ ।