+
+
Shares

सब-इन्जिनियरको तलब एक रुपैयाँ !

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १३ गते ७:३२

Engineering-construction

१३ मंसिर, काठमाडौ । लाखौं खर्चिएर इन्जिनियर पढेका ब्यक्तिले कति तलबको आशा गर्लान् ? २५ हजार या ३० हजार ! तर, आश्चार्य लाग्न सक्छ-मोरङ्को सुन्दर दुलारी नगरपालिका कार्यालयमा कार्यरत सब इन्जिनियर अम्बिका गुरागाइँले यतिबेला मासिक एक रुपैंयाँ पाउने भएका छन् ।

उनले नै नगरपालिकासँग मासिक एक रुपैयाँ लिने प्रस्ताव गरेको नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले बताए, नयाँ पत्रिकामा खबर छ । सो नगरपालिकाले प्राविधिक कर्मचारीका लागि आहृवान गरेको आवेदनमा न्युनतम तलब कबोल गरी गुरागाइँ जागिरे भएका हुन् । न्युनतम तलब कबोल गर्ने मध्ये पदपूर्ति गर्दा उनी छनोटमा परेको घिमिरेको भनाइ छ ।

कार्यकारी अधिकृत घिमिरेले भेन, ‘कर्मचारीका लागि मागिएको आवेदनमा एक रुपैयाँको प्रस्ताव आउला भनेर मैले सोचेको थिइनँ । अन्य १६ आवेदनमा यति कम रुपैंयाँ माग गरेको पाइएन ।’ उनका अनुसार जम्मा १७ जनाको आवेदन परेको थियो । अन्य आवेदकले न्युनतम तीन हजारदेखि १४ हजार रुपैयाँसम्म माग गरेका थिए ।

एक रुपैयाँमा जागिर खाने अवसर पाएका गुरागाइँले भने सेवाका लािग जागिर खाएको बताए । यसअघि दुलारी गाविस हुँदासमेत उनले निःशुल्क सेवा दिँदै आएका थिए । सुष्मा इन्जिनियरिङ कलेज इटहरीमा अध्ययन गरेका २८ वषर्ीय गुरागाइँले सरकारी जागिर खाने इच्छाका कारण आफूले एक रुपैयाँमा जागिर खाएको बताए ।

निःशुल्क जागिर खान्छु भन्दा आवेदन स्वीकृत नहुने हुँदा न्युनतम मासिक एक रुपैयाँ तलव प्रस्ताब गरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?