मुम्बई । तमिल सुपरस्टार रजनीकान्तले सोनाक्षी सिन्हासँग नाच्न लाज लागेको बताएका छन् । तमिल फिल्म ‘लिंगा’ को सुटिङका क्रममा एउटा रोमान्टिक गीत सुटिङ गर्न निकै गार्हो भयो उनलाई ।
‘म ६० वर्ष पुरा हुन लागेको मान्छे सोनाक्षी परिन् २०/२२ कि ।’ नाच्न अप्ठयारो लाग्नुको कारण बताउँदै उनले भने ‘आफु भन्दा दुई तिहाइ कम उमेरकी युवतीसँग कसरी रोमान्स गर्नु ?’
सोनाक्षी आफ्नी छोरी भन्दा पनि कम उमेरकी भएको बताए । पहिलो फिल्ममा काम गर्दा पनि यति धेरै अप्ठयारो नभएको बताउँदै रजनीकान्तले भने ‘किन हो किन मलाइ त यसपाली सार्है अप्ठयारो लाग्यो ।’
केएएस रबि कुमार निर्देशित ‘लिंगा’ १२ डिसेम्बरदेखि रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4