Comments Add Comment

साँगा-जडीबुटी सडकमा प्राथमिक उपचार टोली

१ पुस, भक्तपुर । जडीबुटीदेखि साँगासम्मको सडकखण्डमा आपत्कालीन प्राथमिक उपचार टोली परिचालन गरिएको छ ।

अरनिको राजमार्गअन्तर्गत जडिबुटी-साँगा सडकखण्डमा अत्यधिक दुर्घटना हुने भएकाले दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल स्वास्थ्य उपचार गर्न आपत्कालीन सेवा सुरु गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरसँग समन्वय गरेर १५ वटा टोली परिचालन गरेको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए ।

दुर्घटनाका घाइतेको ज्यान जानबाट जोगाउने उद्देश्यले रेडक्रसले तयार पारेको तालिमप्राप्त जनशक्ति तत्कालै घटनास्थल पुगेर प्राथमिक उपचार दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment