नेपाली चलचित्रमा एक्सन पाटोमा जम्न खोजेपनि नसेकपछि कलाकार सुभाष मेचे नयाँ अवतारमा देखिएका छन् । उनी अब चलचित्र ‘किल्ला’ मार्फत दर्शकमाँझ नयाँ अवतारमा देखिन लागेका हुन् ।
मेचे फिल्मस्को ब्यानरमा रक्षा मेचेको प्रस्तुती रहेको चलचित्र ‘किल्ला’लाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । चलचित्रमा सुभाष मेचे, सुरभी जैन, पुकार भट्टराई, विल्सन विक्रम राईको मुख्य भूमिका छ । कलाकार प्रिया रिजालले यो चलचित्रको एक गीतमा आइटम नृत्य गरेकी छिन् ।
चलचित्रले भ्रष्टाचार, राजनीति, राष्ट्रियता लगायतको बिषयलाई उठान गरेको देखिन्छ । यो चलचित्र फागुन २९ गतेबाट चल्ने पक्का भएको छ । चलचित्रमा विकास चौधरीको संगीत, कविराज गहतराजको नृत्य छ ।
चलचित्रको ट्रेलरमा दर्शकले एक्सन पाटोलाई विशेष रुपमा हेर्न पाउनेछन् । चलचित्रमा पनि एक्सनलाई नै महत्व दिइएको निर्माणपक्षले जनाएको छ ।
प्रतिक्रिया 4