+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पहलमान बन्दैछन् अमिर खान

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १ गते १०:०३

amir-khan
मुम्बई । ‘पिके’को ऐतिहासिक सफलतापछि अमिर खानले पहलमानमाथि सिनेमा बनाउने भएका छन् । हरियाणाका पहलमान महाबीर फोगाटवाट प्रभावित आमिरले उनको जीबनीमाथी फिल्म बनाउने भएका छन् । उक्त फिल्ममा मुख्य भुमिका पनि आमिरकै रहने छ ।

महावीर भारतका पहिलो पहलमान हुन् । जसले आफ्ना छोरीहरु गीता र बबितालाई कुश्ती प्रशिक्षण दिएका थिए । ति दिदी बहिनीले केही अन्तराष्ट्रिय पुरस्कार पनि पाए ।

यी तीन बाउ-छोरीको संघर्षवाट अत्याधिक प्रभावित छन् अमिर । अमिरले आफ्नो टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ मा पनि बोलाएका थिए महाबीरलाई । यस फिल्मको निर्देशन नितिश तिवारीले गर्ने सम्भावना रहेको छ । उनले यस अघि ‘चिल्लर पार्टी र भुतनाथ रिर्टन्स’ निर्देशन गरेका थिए ।

फिल्ममा कुस्तीवाजको भुमिका निर्वाह गर्नुपर्ने भएपछि अमिर अहिले शरीररको संरचना बदल्ने तयारीमा छन् । ‘पिके’ का लागि वजन घटाएका उनले यस फिल्मका लागि भने केही किलो वजन बढाउनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?