+
+

४० हजार पर्ने ‘गुगल अर्थ प्रो’ अब निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १९ गते २१:२८

google-Earth-pro
तपाई हामी धेरैले गुगल अर्थ चलाएको छौं । तर, झण्डै ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने पि्रमियम भर्सन ‘गुगल अर्थ प्रो‘ सायद निकै कमले चलाएका छौं ।

यति महंगो शुल्क पर्ने सेवा गुगलले अब निःशुल्क दिने भएको छ । यसअघि ब्यबसायिक ग्राहकलाई लक्षित गरी ल्याइएको अर्थ प्रोको ग्राहक बन्न बाषिर्क ३ सय ९९ अमेरिकी डलर तिर्नुपर्दथ्यो ।

गत शुक्रबार गुगल अर्थ प्रोले एक ब्लगमार्फत महंगो सेवालाई निःशुल्क बनाएको घोषणा गरेको हो । अर्थ प्रोका प्रोडक्ट म्यानेजर स्टाफोर्ड मारक्वेटले भने-‘हामी शनिवारदेखि नै अर्थ प्रो निःशुल्क बनाउने घोषणा गर्दछौं ।’

अर्थ प्रोले हाइ रेजुलेसन भिडियो बनाउन, थ्रिडी प्रिन्टिङ गर्ने लगायतका बिशेष सेवा उपलब्ध गराउँछ जुन सामान्य भर्सनको गुगल अर्थमा उपलब्ध हुँदैनन् ।

पछिल्लो समयमा म्यापको क्षेत्रमा अन्य प्रतिस्पर्धीहरुको चुनौती बढिरहेको र अर्थ प्रोले पनि खासै धेरै पैसा कमाउन नसकेको अबस्थामा गुगलले यस्तो प्रिमियम सेवालाई निःशुल्क गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?