+
+

प्राईम बैंकले ६ महिनामा ३६ करोड कमायो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १४:३६

 Prime-Bank२१ माघ काठमाडाैं । प्राईम बैंकले गत बर्षको पुससम्मको तुलनामा यो बर्षको पुसमा नाफा १६.७५ प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी पनि ३३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो पुसमा ३१ करोड नाफा कमाएको बैंकले यो पटक भने ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकको खुद व्याज आम्दानी बढेर ६६ करोड १९ लाख रुपैयाँ पुगेको छ । बैंकले यसपटक प्रोभिजनिङ भने १६ प्रतिशतले बढाएर १२ करोड रुपैयाँमा पर्याएको छ । बैंकले ४९ प्रतिशतले राइटब्याक घटाएर छ करोडमा सिमित बनाएको छ । बैंकको खराब कर्जाको अनुपात २.४६ छ ।

बैंकले फि कमिसनबाट पाँच करोड १७ लाख, अन्य आम्दानी आठ करोड ४० लाख र बिदेशी मुद्राको विनिमयबाट दुई करोड ९१ लाख रुपैयाँ कमाइ गरेको छ ।

बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च १६.४४ प्रतिशत बढेको छ । बैंकको कोषको लागत घटेर ४.६८ मा सिमित भएको छ । बैंकसँग ८३ करोड रुपैयाँ सञ्चिती छ ।

बैंकको यो अवधिमा कर्जा लगानी २९ प्रतिशतले र निक्षेप ३७ प्रतिशतले बढेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको छैन । बैंकको घरजग्गा कर्जा ६ प्रतिशतले बढेर ४ अर्ब १करोड रूपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी सामान्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?