२७ माघ, काठमाडौं । नेपालका लागि पानासोनिक मोबाइल फोनहरुको आधिकारिक वितरक तथा बजार व्यवस्थापक एलाईड ट्रेड लिंक इन्टरनेशनलले ३ नयाँ फोनहरु नेपाली बजारमा ल्याएको छ ।
पानासोनिकका P41, T9 र T40 स्मार्ट फोनहरु नेपालमा बिक्री वितरण सुरु गरिएको छ । नेपालभरि नै यी फोन बिक्री वितरण सुरु गरिएको एलाईड ट्रेड लिंक इन्टरनेशनलले जनाएको छ ।
कुन फोनमा कस्तो विशेषता ?
Panasonic P41
यो एन्ड्रोइड फोनमा ४.४.२ किटक्याट भर्सन छ । १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर भएको यो फोनको स्क्रिन ५ इन्च छ । इन्टरनल मेमोरी ८ जीबी, रोम तथा १ जिबि र्याम, ८ मेगापिक्सलको क्यामरा यो फोनको विशेषता हो । यसको बजार मूल्य १७ हजार १५९ रुपैयाँ छ ।
Panasonic T9
३.५ इन्च स्क्रिन, १.३ गिगाहर्ज डुअल कोर प्रोसेसर, इन्टरनल मेमोरी ४ जिबि रोम तथा ५१२ एमबी र्याम र २ मेगापिक्सलको क्यामरा छ यो फोनमा । यसलाई ६ हजार ६७९ रुपैयाँ पर्छ ।
Panasonic T40
४ इन्च स्क्रिन १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर युक्त यो फोनमा इन्टरनल मेमोरी ८ जीबी रोम र१ जीबी र्याम छ । ५ मेगापिक्सलको क्यामरा भएको यो फोनको बजार मूल्य १० हजार ४८९ रुपैयाँ छ ।
प्रतिक्रिया 4