६ फागुन, काठमाडौं । सर्बोच्च अदालतले काठमाडौंको सहिद गेटबाट तत्कालीन राजा त्रिभुवनको शालिक हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ ।
सर्बोच्चका न्यायाधीश सुशीला कार्की र देवेन्द्र गोपाल श्रेष्ठको इजलाशले साँस्कृतिक सम्पदा भत्काउन नमिल्ने भन्दै शालिक नहटाउन आदेश दिएको हो ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले त्रिभुवनको शालिक हटाउने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध अधिवक्ता कमलेश द्विवेदीले सर्बोच्चमा रिट दायर गरेका थिए ।
राणाहरुको दवावमा तत्कालीन राजा महेन्द्रले मृत्युदण्ड दिने पत्रमा सहीछाप गरेका थिए । त्यसपछि शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द ठाकुरलार्इ राणा शासकले मृत्युदण्ड दिएको इतिहासमा पढ्न पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4