८ चैत, काठमाडौं । अनलाइनबाट बसको टिकट उपलब्ध गराउँदै आएको बससेवा डटकमले नयाँ वर्षको अवसर पारेर उपहार योजना ल्याएको छ । उपहार योजनामा यात्रुहरुले टुर प्याकेज सहित क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन् ।
उपहार योजना चैत १० गतेदेखि सुरु भइ बैशाख १० गतेसम्म लागू हुने बताइएको छ । यस अवधिमा अनलाइनबाट टिकट काट्ने यात्रुमध्येबाट २ जोडीलाई पोखराको तीन दिने टुर प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, ५ जनाले शत प्रतिशत क्यासब्याक र अन्य १० जनाले टिकट मूल्यको ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।
बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पर्शुराम खनालले अनलाइन टिकटिङ सुरू गरेको छोटो अवधिमै राम्रो सफलता मिलेको बताए । घरबाटै टिकट काटी गन्तब्यमा पुग्न सकिने सेवालाई अझ विस्तार गर्न तथा यात्रुहरुमा नयाँ वर्षको खुसी साट्नको लागि उपहार योजना ल्याएको उनको भनाई छ ।
बससेवाबाट उपलब्ध हुने टिकटहरू
काकडभिट्टा | बिराटनगर | बिरगन्ज | दील्ली | सुनौली | सुर्खेत |
बिर्तामोड | धरान | चितवन | बनारस | भैरहवा | कोहलपुर |
दमक | कल्यानपुर | हेटौडा | पोखरा | लुम्बिनी | दैलेख |
भद्रपुर | राजबिराज | लालबन्दी | सौराहा | तौलिहवा | अर्घाखाँची |
बनियानी | मिर्चैया | सर्लाही | गाईघाट | बुटवल | गुल्मी |
इटहरी | लहान | बर्दिबास | जनकपुर | पाल्पा | कृष्णनगर |
ईलाम | गौर | पशुपतीनगर | नयाँपूल,कास्की | गोर्खा | वालिङ |
तेह्रथुम | घुर्मि | भुलभुले,लमजुङ | नेपालगञ्ज | मनकामना | गल्याङ |
मलङ्वा | रामेछाप | सिन्धुली | जटही | ओखलढुंगा | मिर्मी |
बुधबारे | गौरिगंज | इटहरा | महेशपुर | दिक्तेल | हलेसी |
लेटाङ्ग | रंगेली | सौठा | परासी | तुल्सीपुर | सोलु |
बस सेवाले ८ महिना अगाडि अनलाइन टिकटिङ सेवा सुरु गरेको हो । हाल दैनिक ३ सयको हाराहारीले अनलाइनबाट टिकट काट्ने गरेको खनालले जानकारी दिए ।
बससेवाले हाल देशभरका १५० भन्दा बढि यातायात व्यवसायीहरूसँगको सहकार्यमा मुलुकका मुख्य रूटहरूमा बसको टिकट सरकारले तोकेको अर्थात् काउन्टरको दरमा नै अनलाइनमार्फत् उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4