+
+

बोर्डिङ स्कुलको भर्ना रोक्ने विद्यार्थी संगठनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २ गते २०:२३

२ बैशाख, काठमाडौं । विभिन्न ९ विद्यार्थी संगठनले विहीबारदेखि निजी विद्यालयको भर्ना कार्यक्रम अवरुद्ध गरिने घोषणा गरेका छन् । निजी विद्यालयहरुले विद्यार्थीका चर्को भर्ना शुल्क लिएको भन्दै विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् ।

बुधबार बागबजारमा बसेको ९ विद्यार्थी संगठनको बैठकले सरकारले तोकेको भन्दा बढी भर्ना शुल्क लिइरहेको चन्दै शुल्क घटाउन माग गरेका छन् ।

केही सरकारी कर्मचारीको मिलेमतोमा अदालतको आदेशको समेत अपव्याख्या गर्दै बढी शुल्क लिने काम भइरहेको विद्यार्थीद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ । माग पूरा नभएसम्म पछि नहट्ने विद्यार्थी संगठनहरुले अठोट गरेका छन् ।

भर्ना शुल्क घटाउने आन्दोलनमा कांग्रेस र एमालेका भातृ संगठन पनि सहभागी छन् । एमाओवादी, वैद्य माओवादी, विप्लव समूहका भातृ संगठन र सत्ता पक्षका विद्यार्थी संगठनले संयुक्त रुपमा निजी विद्यालयको भर्ना अभियान रोक्ने निर्णय गरेका हुन् । आन्दोलनमा मधेसी विद्यार्थी संगठनको पनि ऐक्यवद्धता छ ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा वैशाख ३ देखि भर्नामा अवरोध गर्ने, ३ गते नै शिक्षा विभागमार्फत् नेपाल सरकारलाई विरोधपत्र बुझाउने, ४ गते जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने, ५ गते सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने र माग पूरा नगरिए ६ गतेदेखि अनिश्चितकालीन शैक्षिक हडताल गर्ने ९ विद्यार्थी संगठनद्वारा जारी संयुक्त प्रेस वित्रिप्तिमा जनाइएको छ ।

विद्यार्थी संगठनले अघि सारेका मागहरुमा केही विद्यालयलाई जति पनि शुल्क लिन पाउने गरी दिइएको अनुमति खारेज गरिनुपर्ने, अन्तरिम संविधानको मर्मअनुसार समावेशी छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, शैक्षिक माफियालाई सहयोग पुग्नेगरी सामुदायिक विद्यालयलाई मर्ज गर्ने कार्य रोकिनुपर्ने लगायत छन् ।

हेर्नुहोस् विज्ञप्ति 

Press-Relese-of-Students

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?