१७ वैशाख, काठमाडौं । भूकम्पबाट निम्तिएको विपत्तिकाबेला नेपालमा भारतको चलखेल बढिरहेकाबेला पेट्रोलियम पदार्थ सहज बनाउन भन्दै भारतीय टोली नेपाल आएको छ । ईण्डियन आयल कर्पोरेसन (आईओसी)को तीन सदस्यीय प्रतिनिधी मण्डल नेपाल आएको हो ।
- गोपालबहादुर खड्का, कार्यकारी निर्देशक, नेपाल आयल निगम
भूकम्प पछि नेपालमा खाना पकाउने ग्याँस तथा पेट्रोलियम पदार्थ अभाव हुने सम्भावनालाई मध्यनजर गर्दै भारत सरकारको निर्देशनमा उनीहरु काठमाडौं आएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए ।
गत मगंलबार नै नेपाल आएर उनीहरुले नेपाल आयल निगमसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानीलाई सहज बनाइरहेको उनले दाबी गरे । उनले भने, ‘सबै ढुक्क भए हुन्छ उहाँहरु (भारतीय टोली) यहीँ भएकाले ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव हुने छैन ।’
यो पनि पढ्नुहोस् : काठमाडौंमा पाकिस्तान विरुद्ध भारतीय चलखेल
भूकम्प पीडितलाई २१ लाख १९ हजार सहयोग
यसैबीच नेपाल आयल निगमका कर्मचारीहरुले आफ्नो तलबबाट भूकम्प पीडितलाई २१ लाख १९ हजार ३३ रुपैयाँ उपलब्ध गराएका छन् ।
निगमका कार्यकारी निर्देशकको १५ दिनको, अधिकृतहरुको १० दिनको र सहायक स्तरका कर्मचारीको ५ दिनको तलब बराबरको रकम निगमले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।

प्रतिक्रिया 4