+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमआरपी बनाउँदा लिने थप १० यूरो भूकम्प पीडितलार्इ राहत दिउँ  

१० हजार नेपाली रहेको ठाउँमा प्रत्येक एमआरपी बनाउने नेपालीबाट १० यूरो झ्वाम पारिएको रकम अवश्य पनि सानो हुदै होइन यतिबेला देश महामारीमा परेको छ यस्तो बेला जनताको त्यो पसिना जनताकै लागि अर्थात महाभूकम्प पीडितहरुको लागि राहतको रुपमा उपलब्ध गराए उचित हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २१ गते १५:५७

सुनिल संगम

देश भित्रका राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य विभिन्न कारणहरुले बेरोजगार बनेकाहरु र राम्रो अवसरको खोजी गर्नेहरु अन्य विकसित मुलुकहरुतिर परदेशिने बढ्दो क्रमसँगै ९० को दशकपछि पोर्तुगल पनि हामी नेपालीहरुको लागि राम्रो एउटा गन्तब्य बन्दै आइरहेको छ । बिस्तारै नेपालीहरु विभिन्न देश हुदै पोर्तुगल आउने क्रम बाक्लिदै गैरहेकोबेला नेपाली राजनीतिक, सांस्कृतिक अनि सामाजिक गतिविधिहरु पनि बढ्दै गैरहेको छ यहाँ ।

नेपालीहरुको बाक्लो उपस्थितिसँगै विभिन्न राजनीतिक संघ संगठनहरुको भातृ संघ संस्थाहरुदेखि लिएर जातीय, भौगोलिक तथा अन्य गतिविधिको लागि बिभिन्न संघ संस्थाहरु प्रसस्तै खोलिएका छन् । यसरी नेपालीहरुको बाक्लै उपस्थिति भैसक्दा पनि आजसम्म पोर्तुगलमा यति नै नेपाली छ भनेर कुनै निकायले ठोकुवा गरेर फ्याट्ट भन्न सक्ने स्थिति छैन तर पनि पोर्तुगलबासी सर्वसाधारणहरुको अनुमान करिब दश हजारको हाराहारीमा पुगिसकेको छ |

वैधानिक रुपमा कागज बनाउनकै निम्ति पनि दिन-प्रतिदिन विभिन्न मुलुकहरुबाट नेपालीहरु पोर्तुगल भित्रिने क्रम जारी छ । दुखको कुरा यति धेरै नेपालीहरु भैसक्दा पनि पोर्तुगलमा आजसम्म नेपाली दूतावासको स्थापना हुन सकेको छैन । त्यसकारण पनि पोर्तुगलमा रहेका नेपालीहरुको लागि फ्रान्सस्थित नेपाली दूतावास धाउनुपर्ने असहज अवस्था छ भने नेपालमा पनि पोर्तुगल दूतावासको लागि दिल्ली धाउनुपर्ने बाध्यात्मक अवस्था छ तसर्थ पनि पोर्तुगलमा रहेका हामी नेपालीहरुले सधै निकै हैरानी खेप्नु परिरहेको छ । हुन त अघिल्लो वर्ष मात्र लिस्बोनमा खोलिएको कन्सुलरको कार्यालयले केही सहज महसुस गरिएको छ ।

पोर्तुगलमा रहेका नेपालीहरुको अहिलेको बिकराल समस्या भनेको २०१५ नोभेम्बरभित्र एमआरपी बनाउनु नै हो | बैधानिक भएकाहरु र छुट्टी मिलाएर नेपाल जानेहरुले त मौकामा नेपालतिरै एमआरपी बनाएर फर्किए या फर्किनेछन् तर अबैधानिक, नेपाल जान नपाउने र जान नसक्नेहरुको लागि फ्रान्सस्थित नेपाली दूतावास नै धाउनुपर्ने बाध्यता हुन्छ तर एमआरपीको निम्ति एनआरएन पोर्तुगलले फ्रान्सस्थित नेपाली दूतावास र पोर्तुगलस्थित नेपाली समुदायको बीच काम गर्दै आइरहेको एउटा उदारणीय  राम्रो पक्ष छ । यति हुँदाहुँदै पनि रामोसँगै अर्को नराम्रो पक्ष भनेको धन देखेपछि महादेवको तीन नेत्र भने झैं बिना हिसाब १० यूरो प्रत्येक ब्यक्तिबाट झ्वाम हुनु हो ।

१० हजार नेपाली रहेको ठाउँमा प्रत्येक एमआरपी बनाउने नेपालीबाट १० यूरो झ्वाम पारिएको  रकम अवश्य पनि सानो हुदै होइन यतिबेला देश महामारीमा परेको छ यस्तो बेला जनताको त्यो पसिना जनताकै लागि अर्थात महाभूकम्प पीडितहरुको लागि राहतको रुपमा उपलब्ध गराए उचित हुने हुनाले सम्बन्धित निकायको ध्यान त्यतातिर पक्कै जानेछ ।

एमआरपी बनाएबापत नेपाल सरकारलाई प्रत्येक व्यक्तिबाट १२० यूरो राजश्व जम्मा गर्नु पर्दछ । थप  १० यूरो तिर्दा अर्थात् १३० यूरो तिरेपछि प्रत्येक व्यक्तिको ठेगानामा नयाँ एमआरपी पोस्ट गर्ने व्यवस्था फ्रान्सस्थित नेपाली दूताबासले गरेको छ ।

एनआरएन पोर्तुगलले प्रत्येक व्यक्तिबाट राजश्वबापत १२० यूरो, फान्सस्थित नेपाली दूतावासबाट नयाँ एमआरपी पोष्ट गर्न १० यूरो, फारम भरेको ५ यूरो, पुरानो पासपोर्ट र नागरिकता फ्रान्सस्थित नेपाली दूतावास पुर्याउन १० यूरो गरी जम्मा १४५ यूरो उठाउने गरेको छ । फेरि नयाँ एमआरपी आउँदा पुरानो पासपोर्ट रद्द गरेर नयाँ ल्याउदा थप १० यूरो शुल्क लिने गरेको छ । यसरी यो हिसाबमा एनआरएन पोर्तुगलले एमआरपी पोर्तुगल ल्याई पुर्याउँदा फ्रान्सस्थित नेपाली दूताबासले एमआरपी पोस्ट गर्ने  १० यूरो बेहिसाब हुन गइ झ्वाम हुन जान्छ ।

१० हजार  नेपाली भएको ठाउँमा प्रत्येक ब्यक्तिबाट १० यूरो झ्वाम पार्नु भनेको सानो रकम पक्कै होइन । यसरी बेहिसाब  जनताको पसिना झ्वाम पार्ने फ्रान्सस्थित नेपाली दूतावास हो की एनआरएन पोर्तुगल हो ? यसको जवाफ सम्बन्धित निकायले तुरुन्त दिनै पर्दछ । यदि दिन सक्दैन भने एनआरएन पोर्तुगललाई नेपाली जनतासँग राजश्व उठाउने अधिकार कसरी कुन कानून अनुसार कसले दियो ? त्यसको पनि खोजि गर्नुपर्ने दिन आउला ।

अहिलेको समयमा नेतृत्व गर्नेहरु भन्दा नेतृत्व दिनेहरु धेरै बुझेका छन् । अझै यूरोपसम्म आइपुगेका हामी नेपालीहरु पक्कै पनि लाटा होइनौ बरु बाध्यतामा पिल्सिएका छौं । १० हजार नेपाली रहेको ठाउँमा प्रत्येक एमआरपी बनाउने नेपालीबाट १० यूरो झ्वाम पारिएको  रकम अवश्य पनि सानो हुदै होइन यतिबेला देश महामारीमा परेको छ यस्तो बेला जनताको त्यो पसिना जनताकै लागि अर्थात महाभूकम्प पीडितहरुको लागि राहतको रुपमा उपलब्ध गराए उचित हुने हुनाले सम्बन्धित निकायको ध्यान त्यतातिर पक्कै जानेछ ।

  • लिस्बोन पोर्तुगल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?