+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

२० अपार्टमेन्टमध्ये १५ वटा मर्मतपछि मात्रै बस्न योग्य

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २४ गते १९:४९

sterling

२४ वैशाख, काठमाडौं । महाभूकम्पपछि सरकारी टोलीले राजधानीमा रहेकामध्ये २० वटा अपार्टमेन्टहरुको निरीक्षण गरेको छ । २० मध्ये १५ वटा अपार्टमेन्टमा मर्मत सम्भार गरेपछि मात्रै बस्न मिल्ने देखिएको छ । शहरी तथा भवन निर्माण विभागले गरेको निरीक्षणमा यस्तो देखिएको हो ।

बिहीबारसम्मको निरीक्षणअनुसार राजधानीको धापासीस्थित पार्क भ्यू होराइजन अपार्टमेन्टमा बस्न नमिल्ने सरकारी टोलीको ठहर गर्दै रातो स्टिकर टाँसिएको निरीक्षणमा सहभागी एक इन्जिजिनयरले अनलाइनखबरलाई बताए । बस्न नमिल्नेमा रातो, मर्मतपछि बस्न मिल्नेमा पहेँलो र हालकै अवस्थामा बस्न मिल्नेमा हरियो स्टिकर टाँसिएको छ ।

इन्जिनियरहरुको टोलीले शहरी विकास मन्त्रालयलाई अपार्टमेन्टहरुको अवस्थाको बारेमा दैनिक प्रतिवेदन र सुझाव बुझाउँदै आएको छ । कुनै भौतिक क्षति नभए पनि १० भन्दा बढी तला भएका अपार्टमेन्टमा बस्न नमिल्ने सरकारी प्राविधिक टोलीको सुझाव छ । राजधानीका धेरै अपार्टमेन्टमा १० भन्दा बढी तला छन् । उपत्यकामा मात्रै ७१ वटा अपार्टमेन्ट छन् ।

रातो र पहेंलो स्टीकर टाँसिएका अपार्टमेन्टका बासिन्दाहरु यतिखेर बाहिर बसेका छन् । हरियो स्टीकर टाँसिएका कतिपय अपार्टमेन्ट धनीहरु पनि आफन्तकहाँ शरण लिन गएका छन् भने अपार्टमेन्ट छेउछाउमा घर भएकाहरु आतंकित बनेका छन् ।

मर्मतपछि मात्रै बस्न मिल्ने अपार्टमेन्टहरु

सरकारी प्राविधिक टोलीले विशालनगरको सेन्ट्रल पार्क, हात्तीवनको सीटी स्केपका दुई अपार्टमेन्ट, धापासीको ग्राण्डी, सानेपाको इम्पेरियल, धोबीघाटको मर्करी, सुन्धाराको सीटीमल, धुम्बाराहीको ग्राण्ड, नक्सालको केएल, नख्खुको सनराइज, जावलाखेलको सीटी भ्यू, महाराजगञ्जको प्रेस्टिज, लाजिम्पाटको लाजिम्पाट अपार्टमेन्ट, भैंसेपाटीको विनायक अपार्टमेन्टमा पहेँलो स्टिकर टाँस्दै मर्मतपछि मात्रै बस्न मिल्ने सुझाव दिएको छ ।

अहिले नै बस्न मिल्ने अपार्टमेन्टहरु

शान्तिनगरको ओरियन्टल, बालुवाटारको इन्द्रेणी, सिनामंगलको गुण कोलोनी र चाँगुनारायणको टीसीएच टावरमा हरियो स्टीकर टाँस्दै अहिलेकै अवस्थामा पनि बस्न मिल्ने सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?