+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कुमरी गाउँमा ४८ अस्थायी घर बनाएर फर्कियो गगन थापाको टीम

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३ गते १६:३२

Gagan-team

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभासद गगन थापासहितको टोलीले नुवाकोटको कुमरी गाउँका भूकक्प प्रभावितहरूका लागि ४८ अस्थायी घर बनाएका छन् ।

सभासद थापा ४ चुनिखेलका १० जना कालिगढ, थापाथलीसहितका ईन्जिनियरिङ कलेजका ४० भन्दा वढि ईन्जिनियरहसतको टोली लिएर कुमरी गाउँ पुगेका थिए । टोलीले घर बनाउन आवश्यकजस्ता पाता, वाँस, लगायत सामाग्रीहरू लिएर गएका थिए भने काठ स्थानीय परिवारले जुटाएका थिए ।

दुर्इ दिनको श्रमदानबाट ४८ अस्थायी घर बनाइएको थापाले बताए । ‘यो हाम्रो शुरुवात हो । २ दिनको कुमरी वसाईवाट हामीले केही अनुभव बोकेर आएका छौं’ सभासद थापाले भनेका छन् ।

Gagan-team-1

कुमरी गाउँमा थापको टोलीले एक नाले र दुई नाले घरहरू बनाएका छन् । सरकारले हालै डुङ्ग्रे वास र २ नाले घरको नमुना प्रस्तुत गरेको भएपनि स्थानीयबासी डुंग्रे वास घर वनाउन तयार नभएको थापाले बताए ।

सामाग्री र स्रोत साधन भएको ठाँउमा दुर्इ नाले उपयुक्त भएतापनि सिमित स्रोत साधन भएको ठाँउहरूमा एक नाले घर उपयुक्त देखिएको भन्दै थापाले सरकारले प्रस्तुत गरेको नमुना अस्थायी घरमा एक नाले घरलाई राख्न सुझाव दिउका छन् ।

थापाले भने-‘हाम्रो अनुभवमा दुई लाने घर वनाउदा सामाग्री र श्रम दुवै वढि लाग्ने रहेछ । गाँउमा कतिपय ठाँउमा बाँस तथा ढूङ्गा अभाव र काठ जुटाउने क्रममा वन धेरै मासिने संभावना पनि उत्तिकै देखियो ।’

ग्रामिण भेगहरूमा जनशक्तिको अभाव रहेको भन्दै सभासद थापाले स्वयंसेवी अभियान चलाउन जरूरी हरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?