+
+

पर्यटनमन्त्रीमा कृपासुर शेर्पा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ८ गते १४:१९

८ जेठ, काठमाडौं । नेकपा एमालेले पर्यटन मन्त्रीमा कृपासुर शेर्पालाई सिफारिस गरेको छ । दीपक अमात्यलाई मन्त्री पदबाट बिहीबार फिर्ता बोलाएको एमालेले सो स्थानमा शुक्रबार शेर्पालाई सिफारिस गरेको हो ।

Kripashur-Sherpaशेर्पा भोजपुर क्षेत्रनम्बर १ सभासद हुन् । उनले शुक्रबार साँझ ५ बजे पर्यटन मन्त्री पदको सपथ लिने प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

यसअघि एमालेले पर्यटन मन्त्रीबाट भीम आचार्यलाई फिर्ता बोलाएर अमात्यलाई सिफारिस गरेको थियो । तर, अमात्यको काम चित्तबुझ्दो नभएको भन्दै एमालेले फिर्ता बोलाएपछि अमात्यले बाध्य भएर राजीनामा दिएका थिए ।

कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री भएका शेर्पा तेस्रो व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?