+
+
Shares

अहिलेको आवश्यकता सत्ता परिवर्तन कि पुनर्निर्माण ?

देशमा गत बैशाख १२ पछि आएको विनासकारी भूकम्प र त्यसपछि क्रमिकरुपमा आएको पराकम्पनले देशलाई आर्थिक रुपमा, मानवीय तथा सामाजिक रुपमा तहसनहस गर्रयो नै यसले राजनैतिक रुपमा पनि तहसनहस गर्दैछ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १६ गते १५:५२

मोहनराज बराल

देशमा गत बैशाख १२ पछि आएको विनासकारी भूकम्प र त्यसपछि क्रमिकरुपमा आएको पराकम्पनले देशलाई आर्थिक रुपमा, मानवीय तथा सामाजिक रुपमा तहसनहस गर्रयो नै यसले राजनैतिक रुपमा पनि तहसनहस गर्दैछ ।

यसकारण अहिले सत्ता परिवर्तनका कुराहरु आएका छन् । हो, अहिलेको यस परिस्थितिमा हाम्रो सरकार र प्रतिपक्ष पूर्ण रुपमा असफल सावित भएका छन् । यस विपतमा हाम्रा दलहरु हालसम्म पनि पूर्ण रुपमा असफल रहेका छन् । फेरि अहिले सत्ता परिवर्तनका निम्ति विभिन्न दलहरु प्रधानमन्त्रीका नामहरु प्रस्ताव गरेर गठबन्धनको कुरालाई जोड दिदैछन् । मानौं उनीहरुलाई कुर्ची या पालो चाहिएको छ ।

माेहन बराल
माेहन बराल

आफ्नो दलको यो देशमा हालीमुहाली चाहिएको छ । खाली देश होइन कि पार्टी या आफ्नो गुटलाई फाइदा हुने हिसाबबाट मात्रै प्रस्तावहरु आएका छन् । के अहिलेको अवस्थामा सुशील कोईरालाको ठाउँमा केपी ओली आउँदैमा समस्याको समाधान होला ? के योबेलाको अवस्थाको वारेमा मुल्याङ्कन गर्न जरुरत छैन ?

के साँच्चै योबेला उखान टुक्का पड्काउने राजनैतिक चतुर खेलाडी हामीलाई चाहिएको या मुलुकलाई पुनर्निर्माण गर्न सक्ने नेता ? लाग्छ दलहरुले यो विपत्तिमा राजनीति गर्न मौका खोजिरहेका छन् ।

​मलाई के लाग्छ भने यो बेला विपतमा परेकालाई उद्धार, राहतदेखि हालसम्मको अवधिका सुशील कोइराला पनि असफल छन् । केपी ओली पनि असफल छन् । फेरि प्रचण्ड पनि असफल छन् । हाम्रो सरकारले  डा. गोबिन्द केसी अनसन बस्दा कानमा धेरै दिन तेल हाल्यो । जाजरकोटमा महामारी फैलिएर डा. केसी अनसनबाटै त्यहाँ पुग्दा हाम्रा सरकार प्रमुख आँखा चिम्लेर मुग्लान पुगे ।

​तर यो हो कि हामीलाई यसवखत संविधान भन्दापनि पुनर्निर्माणको खाँचो छ। साँच्चै नै मनदेखि योवेला पुनर्निर्माण गर्ने हो भने देशलाई माओवादी र हिसिला यमी विनाको बाबुराम भटृराई चाहिएको छ ।

मुलुकमा महाभूकम्पले तहसनहस हुँदा यी मोदीको ट्वीटर पछाउँदै थिए । त्यसपछिका धेरै दिन यी काठमाण्डौमै हराए । भुटानका प्रधानमन्त्री हाम्रा भूकम्प प्रभावित गाउँ–गाउँ पुग्दा हाम्रा सरकार काठमाण्डौको सुनधारा पनि पुग्न सकेन, मानौ यी आफै विरामी झैं गरे ।

​फेरि हाम्रा उप–प्रधानमन्त्री वामदेव गौतमले आफूहरु जनताका भोट माग्न मात्रै जाने कुरा गरे । मिडियामा “भूकम्प मसँग सोधेर आएको हो र, म चाउचाउ लिएर तयारी भएर बसौ” भनेर लज्जित कुरा गरे ।

प्रतिपक्षमा रहेका माओवादीहरु पनि धेरै दिन लुकेर रात विताए । उद्धारको यो वेलामा न नेता, न तिनका संगठनहरु सक्रिय भए । बरु विवेकशील नेपाली भन्नेहरु फिल्डमा देखिए । एनआरएन, विभिन्न संघसंस्थाहरू, स्वतन्त्र यूवाहरु, दिपेश पुनहरु लगायत फिल्डमा देखिए । तर ​अहिले उद्धार र राहतमा दल, नेता, कार्यकर्ता, संघसंस्था, यूवाहरु सवै लागिरहेका छन् । कताकता दलहरू राहतमा पनि राजनैतिक गरिरहेछन् ।

अबको आवश्यकता भनेको पुनर्निर्माण नै हो । उद्धारको वेला आफू केही गर्न नसक्ने, भारतीयहरु आएर रमिता देखाउँदा बोल्न नसकि केवल साँक्षी बसीरहने अहिलेका यिनै नेताहरुबाट के पुनर्निर्माण होला ? फेरि अहिले हामीले हाम्रो सरकारको यस्तो चाल देख्दा  देख्दै पुनर्निर्माणको लागि यिनैको आश गर्नु “हाँडी  गाँउको जात्रा” हेर्नु हो। लाग्छ यो कुरा कुनै पनि नेपालीले कल्पना गर्न सक्दैन ।

​तर यो हो कि हामीलाई यसवखत संविधान भन्दापनि पुनर्निर्माणको खाँचो छ। वेलायतमा लिखित संविधान नहुँदा पनि देश चलेको छ । विकासले आकाश छोएको छ । साँच्चै नै मनदेखि योवेला पुनर्निर्माण गर्ने हो भने देशलाई माओवादी र हिसिला यमी विनाको बाबुराम भटृराई चाहिएको छ ।

फेरि यिनको टिममा कांग्रेसविनाको युवा गगन थापा, एमालेविनाको युवा गोकर्ण विष्ट, आर्थिक क्षेत्रमा विज्ञ अनिल शाह, स्वास्थ्य क्षेत्रका विज्ञ डा.गोविन्द केसी, परोपकार र पत्रकारिताको क्षेत्रमा कहलिएका रविन्द्र मिश्र, जनताले रुचाएका हरिबंश आचार्य, लगायतका दलीय वा स्वतन्त्र मानिसहरुको खाँचो छ । यो टिमले मात्र देशलाई पुनर्निर्माण गर्न सक्छ ।

​मलाई लाग्छ, अहिले सुशील कोइरालाको ठाउँमा एमाले या माओवादीबाट कोही आउनु दोस्रो सुशील कोईराला बनेर सिंहदरवारमा फोटो झुण्डाउनु मात्रै हो । हामीले के बुझ्नु पर्दछ भने बाबुरामको असफल प्रधानमन्त्रीकालमा काठमाण्डौमा टहरा भत्काउने, बाटो फराकिलो बनाउने जुन अभियान गरे,  वास्तवमा यस अभियानबाट अहिलेको महाभूकम्पमा मानवीय क्षति काठमाण्डौमा केही कम भएको छ ।

काठमाण्डौका वासिन्दाहरु अहिले वारम्वार भूकम्प आएर पिच सडकमा आउँदा त्यो वेलाको कामको अहिले दीर्घकालीन रुपमा सहि रहेछ भन्ने वुझेका छन् । यो काममा अरूको पालामा भोटको राजनीतिक रूपले हेरेकोले कसैले गरेनन् तर यो कामको लागि बाबुरामले भोटको राजनीति हेरेनन् ।

योवेला मुलुकलाई दीर्घकालिन रुपमा पुनर्निर्माण गर्न सक्ने नेता र  टिम चाहिएको छ । हिजो पहिलो संविधानसभा असफल हुँदा दलहरूले एक अर्कोलाई निषेध गरेको वेला हामीले चुनाव गर्नको निम्ति मात्रै खिलराज रेग्मीलाई अधिकार दिए झैँ के योवेला देश पुनर्निर्माण टिम गर्नका लागि मात्रै यो टिमलाई अधिकार दिन सकिन्न ? यिनलाई हामीले निश्चित समयको लागि पूनर्निर्माणको अवसर दिउँ । नत त हामीलाई पुनर्निर्माणको नाममा सत्ताको खेल खेल्ने दलका नेताहरू नै चाहिएको छ।

हामीले यो वेला पार्टीलाई गाली गरेर नयाँ शक्ति भन्नु पनि अमेरिकी रुजवेल्ट र यिनको जस्तो पार्टी जो कालान्तरमा दुबै पतन भए जस्तै रोज्नु पनि हो। यो देशलाई भिजन र भोटको राजनीति नगर्ने चाडै पुनर्निर्माण गर्न सक्ने पार्टी हैन देशको झण्डा बोक्ने दलीय या स्वतन्त्र व्यक्तिहरू चाहिएको छ । देश वनेर समृद्धि भएमा चुनाव गरौंला । पार्टी भनौला अहिलेलाई पुनर्निर्माण होस् त्यस्तो वेला सत्ताको खेल नहोस् नत्र फेरि पीडित जनताले भूकम्पको सिर्जना गरे भने न पार्टी रहन्छ न नेता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?