+
+
Shares

नेपालकाे गरिबीकाे कारण अमेरिकामा खाेज्दै पाैडेलपुत्र

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २३ गते १०:०७

टेक्सास । नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेलका छाेरा चिन्तन पौडेल नेपालमा बढ्दाे गरिबीकाे कारण खाेज्न अमेरिका पुगेका छन् ।

नेपालकाे गरिबीकाे कारण खाेज्दै अमेरिका पुगेका उनी अमेरिकाको टेक्सास राज्यको ड्यालसमा नेपाली राजनीतिक अवस्था तथा गरिबीबारे नेपालीहरूमाझ छलफल गरे । छलफलमा भाग लिएका नेपालीहरूले गणतन्त्र स्थापनापछि नयाँ संविधान बन्न नसक्दा मुलुकले पार पाउन पाउन नसकेकोमा चिन्ता ब्यक्त गरे ।

टेक्सासको ड्यालसमा नेपाली समुदायसँगको भेटघाट तथा छलफल कार्यक्रममा उनीहरूले मुलुकको समृद्धिका लागि राजनीतिक स्थायीत्वमा जोड दिए ।

छलफलमा सहभागी गरिब घर परिवार सहयोग समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले स्थानीय निकायको निर्वाचन नभएकोले स्थानीय स्तरमा काम गर्ने कार्यकर्ताबीच पार्टी भित्र पदका लागि हानथाप हुने गरेको टिप्पणी गरे ।

texasपौडेलले बेलायत लगायत विकसित देशमा राजनीतिमा कमै मात्र सहभागिता हुने गरेको उदाहरण दिदै नेपालमा गरिबीका कारण पनि केही पाइन्छ भन्ने आशामा राजनीतिमा क्रियाशील हुने गरेको बताए ।

प्रधानमन्त्री अध्यक्ष रहेको बोर्डमा कार्यकारी उपाध्यक्ष पौडेलको सक्रियतामा गरिबको रेखामुनि रहेका घरपरिवारको तथ्यांक सङ्कलन गर्ने कार्य भइरहेको छ । बोर्डले हालसम्म २५ वटा जिल्लामा रहेका गरिब घरपरिवारको तथ्यांक तयार गरेको छ । बाँकी ५० जिल्लामा पनि यसै वर्षदेखि तथ्यांक सङ्कलन थालिने पौडेलले जानकारी दिए ।

२५ जिल्ला सर्वेक्षणमा जुन परिवारसँग खाना पकाउने ग्यास सिलिन्डर छ, त्यो परिवार ९९.८  प्रतिशत गरिबीको रेखाभन्दामाथि रहेको पाइएको छ ।

यस्तै बीए पास गर्ने व्यक्तिका परिवार पनि गरिब नभएको तथ्यांकमा उल्लेख छ । केही वर्ष बेलायतको प्रतिष्ठित कम्पनी ब्रिटिस टेली कम्युनिकेसन(बीटी) मा काम गरेका पौडेल नेपालमै सक्रिय हुने गरी फर्किएका हुन् । कार्यक्रममा पौडेलले नेपालमा केही गर्न सहभागीलाई सुझाव दिएका थिए ।

चिन्तन पौडेल कांग्रेस नेता कामचन्द्र पौडेलका छोरा हुन् । सरकारले अफूलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै पौडेलले सामाजिक काम पुरा गरेपछि मात्र राजनीतिमा सहभागिताबारे सोच्ने बताए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवम् वेस्ट टेक्सासका सभापति हरिबोल भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली समाज टेक्सासका सदस्य कृष्ण लामिछाने, केदार तिमिल्सिना, एनआरएन अमेरिकाका सल्लाहकार सुनिल शाह, नेपाली जन सम्पर्क समिति अमेरिका केन्द्रीय सदस्य ओम भट्टराई, ड्यालस एभरेष्ट लायन्स क्लबका अध्यक्ष केशव लामिछाने, एनआरएन टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने, समाजसेबी सुन्दर कर्माचार्य, नेपाल अमेरिका पत्रकार सङ्घका (नेजा) क्षेत्रीय संयोजक विकासराज न्यौपाने लगायत ड्यालस फोर्टवोर्थमा रहेका  विभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरू समेतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?