+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
40/1 (6.5)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

भदौ तेस्रो साता ओलीको नेतृत्वमा सरकारः विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २६ गते १९:०५

२६ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले भदौ तेस्रो साताभित्र केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनिसक्ने दावी गरेका छन् ।


Bishnu-Paudelढिला भए पनि भदौको दोस्रो साताभित्र संविधान जारी हुने र तेस्रो साता नयाँ सरकार बन्ने उनले बताए ।  

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा पौडेलले भने-‘सरकार निर्माणको विषयमा दलहरुवीच सहमति बनिसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्ने विषयमा कुनै कन्फ्यूजन छैन ।’

सरकारमा सबै दललाई सहभागी गराएर राष्ट्रिय स्वरुप दिन एमाले हदैसम्म लचिलो हुने उनले बताए ।

सीमांकनसहितको परिमार्जित मस्यौदा आएपछि विरोध हुनु स्वभाविक भएपनि अपि्रय घटना हुनु दुःखद भएको भन्दै पौडेलले जनताको सुझावलाई मनन गरेर उचितता र आवश्यकता हेरेर निर्णय लिइने बताए । यद्यपि उनले ६ प्रदेशमा भने तलमाथि नहुने स्पष्ट पारे ।

उनले भने-‘संविधानसभा लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च थलो हो । भोलिसम्म छलफल सकेर मस्यौदा समितिमा जान्छ । त्यहाँ पनि जनताको सुझावलाई ध्यान दिन्छौ र सकेसम्म सुझावलाई समेट्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?