+
+

हतियार खोस्न खोजेपछि सप्तरीमा गोली चलाउनु पर्‍यो : गृहमन्त्री

२ भदौ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले सप्तरीको भारदहमा आन्दोलनकारीले प्रहरी चौकीमा आक्रण गर्नुका साथै सुरक्षाकर्मीको सञ्चार सेट र हतियार खोस्ने प्रयास गरेपछि गोली चलाउने परेको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते १९:५०

२ भदौ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले सप्तरीको भारदहमा आन्दोलनकारीले प्रहरी चौकीमा आक्रण गर्नुका साथै सुरक्षाकर्मीको सञ्चार सेट र हतियार खोस्ने प्रयास गरेपछि गोली चलाउने परेको दाबी गरेका छन् ।

Bamdev-Gautam
फाइल फोटो

भारदह घटनाबारे व्यवस्थापिका संसदलाई जानकारी गराउँदै गृहमन्त्री गौतमले शान्ति सुरक्षामा खलल नपुर्‍याउन प्रहरीले बारम्बार आग्रह गरेको तर, आन्दोलनकारीले सशस्त्र प्रहरीको गाडिमा आक्रमण गर्नुका साथै प्रहरी चौकीमा ढुंगामुढा गरेको बताएका छन् ।

सुरक्षाकर्मीको गाडिमा तोडफोड भएपछि प्रहरीले लाठी र अश्रुग्यास हानेर नियन्त्रणको प्रयास गरेको तर, प्रहरीको हतियरा नै खोस्ने प्रयास भएपछि बाध्य भएर गोली चलाउँदा राजीव राउतको मृत्यु भएको गृहमन्त्रीले दाबी गरे ।

तर, सभासदहरुले भने गृहमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाएका छन् ।

एमाओवादी सभासद उमेशकुमार यादवले सप्तरीको भारदहमा प्रहरीले नै शान्तिपूर्ण प्रदर्शनलाई उत्तेजित बनाएर दमन गरेको बताए ।

एमाले सभासद सत्यनारायण मण्डलले सप्तरीको भारदहमा स्थानीयवासीले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि घुसपैठ गरिएको र प्रहरीमाथि गोली चलाइएको भनेर सरकारले दमन गरेको भन्दै घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरे ।

अर्का सभासद सुरेन्द्रप्रसाद जैसवालले संविधान निर्माणका क्रममा आफ्नो हक अधिकारका विषयलाई लिएर मुलुकका विभिन्न स्थानमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेर नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार हनन भएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?