+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
88/6 (14.6)
Shares

पर्सा दंगाग्रस्त क्षेत्र घोषित

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १५ गते १६:१३

birganj-Jhadap

१५ भदौ, वीरगञ्ज । आन्दोलन हिंसात्मक बनेपछि पर्सा जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । कर्फ्यूका बेला पनि प्रदर्शनकारी तोडफोडमा उत्रिँदा वीरगञ्जमा मंगलबार मात्र तीन जनाको मृत्यु भएको छ ।

आन्दोलन अनियन्त्रित बनेपछि स्थानीय प्रशासन ऐन २०२८ अनुसार दंगाग्रस्त क्षेत्र घोषित गरिएको हो अब सुरक्षाका लागि आवश्यक परेमा सेना सडकमा आउनेछ ।

यसअघि कैलालीको टिकापुरमा आन्दोलनकारीले प्रहरी र एक बालकको हत्या गरेपछि कैलालीलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको बन्दका क्रममा सोमबारबाट वीरगञ्ज तनावग्रस्त थियो । सोमबार साँझ प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने मंगलबार थप तीन जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?