Comments Add Comment

क्यान्सर पीडित भारतीय संगितकार मृत्यूसँग लड्दै

aade

मुम्बई । क्यान्सरपिडित बलिउडका संगीतकार आदेश श्रीवास्तब मृत्युसँग संघर्ष गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था ‘क्रिटिकल’ रहेको डाक्टरहरुले बताएका छन् ।

श्रीवास्तब यतिबेला बोल्न सक्ने अवस्थामा पनि नरहेको श्रीमती बिजयाले बताएकी छिन् । ‘उहाँलाई देखेर म यति रोएँ कि मेरो अनुहारै बद्लियो । ऐनामा हेर्दा लाग्यो म त अर्कै मान्छे भएछु ।’ उनले भनिन् ।

क्यान्सरले श्रीवास्तबलाई जितेको दिन दुई छोरा अनिवेश र अवितेश टुहुरा हुनेछन् । उनीहरु संगीतकार भाई जतिन र ललितको सहारामा जानुको विकल्प छैन ।

एक महिनाअघि मात्रै अमेरिकावाट उपचार गरेर फर्केका थिए आदेशका परिवार । विजयाको भनाई अनुसार अमेरिकाबाट फर्के लगत्तै नाकवाट रगत आउने क्रम सुरु भयो, जुन आजसम्म रोकिएको छैन ।

४१ दिनदेखि आदेश कोकिलाबेन धिरुभाई अम्बानी हस्पिटलमा छन् । अहिले उनको परिवारलाई आर्थिक संकट परेको छ । उनले प्रयोग गर्ने एउटै इन्जेक्सनको १२ लाख रुपैया पर्छ । बलिउडकर्मीहरुबाट कत्ति पनि सहयोग प्राप्त भएको छैन ।

सन् २०११ मा जब पहिलोपल्ट आफुलाई क्यान्सर भएको पत्ता लाग्दा उनले भनेका थिए ‘लामो समय बिरामी हुनु आफैंमा कष्टप्रद रहेछ । किनकी मसँग वर्षौ काम गरेकाहरु पनि बिरामी भएको थाहा पाएपछि वरीपरि पर्न चाहेनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment