१७ भदौ, लिवाङ । रोल्पाको राँक गाविसमा एकै परिवारका चार जना विहीबार मृत फेला परेका छन् । राँक गाविस ७ मा पर्ने स्यालापाखा जंगलको ओढार भित्र शव फेला परेका हुन् ।
राँक गाविस २ की अन्दाजी ३७ बर्षीया पवित्रा राना, उनकी छोरी १४ वर्षीया पेउमाली राना, छोराहरु १० वर्षीय भीम र ८ वर्षीय गणेश ओढार भित्र मृत फेला परेका हुन् ।
पवित्रा छोरा छोरीसहित बुधबार माइत जान भनेर घरबाट हिँडेकी थिइन् । विहीबार अपरान्ह स्थानीयले ओढार भित्र उनीहरुको शव फेला पारेका हुन् । घटनास्थलमा दुई बोतल मेटासिट विषादी पनि फेला परेको छ ।
पाछावाङबाट प्रहरीको टोली घटनास्थल तर्फ लागेको छ । पाछावाङबाट घटनास्थल पुग्न चार घण्टा पैदल हिँड्नुपर्दछ ।
– इश्वरी जीएमबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4