+
+
WC Series
चितवन राइनोज 2025
22/3 (5.4)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

‘जेल भरौं’ भन्दै मुखमा कालोपट्टी बाधेर प्रर्दशन

२९ भदौ, रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रौतहटका कार्यकर्ताले गौरमा आज मुखमा कालो पटी बाँधेर प्रदर्शन गरेका छन् ।

मधेसी मोर्चासँग आबद्ध पाँच जना नेतालाई रौतहट प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन भएको हो । उनीहरुले प्रदर्शनलाई ‘राज्यको दमनविरुद्ध जेल भरौं अभियान’ नाम दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २९ गते १३:१५

Rautahat-Protest

गौतम श्रेष्ठ

२९ भदौ, रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रौतहटका कार्यकर्ताले गौरमा आज मुखमा कालो पटी बाँधेर प्रदर्शन गरेका छन् ।

मधेसी मोर्चासँग आबद्ध पाँच जना नेतालाई रौतहट प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन भएको हो । उनीहरुले प्रदर्शनलाई ‘जेल भरौं अभियान’ नाम दिएका छन् ।

आइतवार गौर ५ स्थित जिल्ला विकास समितिका पूर्व सभापति राजेन्द्र पटेलको घरमा बसिरहेको अवस्थामा प्रहरीले मोर्चाका पाँच नेतालाई पक्राउ गरेको थियो । सबै नेता कार्यकर्तालाई जेल हाल्नु पर्ने माग गर्दै प्रर्दशन गरिएको मोर्चाका संयोजक बाबुलाल साहले बताए ।

मुखमा कालोपटी बाँधेर अदालत अगाडीबाट निस्केका जुलुस अस्पताल, जिल्ला प्रहरी कार्यालय, विपी चोक, कविर चोक, शिक्षा कार्यालय हुँदै गौर ८ स्थित पोखरीमा पुगेर सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?